पोखरा १७ मा धनराजले भनेः गरिब वर्गको समस्या २ वर्षमा समाधान
काठमाडाैं | बैशाख २६, २०७९
पाेखराः पोखरा महानगरमा गठबन्धनबाट महानगरका मेयर धनराज आचार्यले गरिबीको रेखामुनी रहेकाहरुको परिचयपत्र बनाएर अवसर सिर्जना गर्ने बताएका छन् ।
सोमबार पोखरा १७ को चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखरा महानगरभर अझै पनि ९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोले उनीहरुलाई अवसरका बाटो खोजिदिने बताएका हुन् । उनले आफूहरुले जितेमा २ वर्षभित्र आधारभुत आवश्यकता पुरा गर्नका लागि रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मेयरको कुर्चीमा बसेको ४५ दिनभित्र गरिबीको परिचयपत्र वितरण गरेर रोजगारीको व्यवस्था गरेर शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको महसुलमा केही प्रतिशत छुट दिएर अघि बढ्ने उनको भनाई थियो । रोजगारीको अवसर भएरपनि आफूलाई पुग्नेगरी कमाउने अवस्था नभएपछि युवाहरु विदेशीन बाध्य भएकाले उनीहरुलाई स्वदेशमै ल्याउने योजना अघि सारिने उनले बताए । पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय संग्राहलयको प्रबद्र्धनमा जोड दिने उनले योजना सुनाए ।
महानगरका अधिकांश महानगरमा गठबन्धन भएपनि कतिपय वडामा मित्रवत प्रतिस्पष्र्धामा गएको बताउँदै मेयर र उपमेयर साझा रहेकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धन राष्ट्रिय आवस्यकता रहेको प्रस्ट्याए ।
गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धनलाई नजिताए पोखरा पोखरा महानगरको विकास ५ वर्ष पछि पर्ने बताईन् । चुनावीसभामा बोल्दै गठबन्धनलाई नजिताए पाँच वर्ष एमालेले फेरी रजाई गर्ने र विकास नहुने जनाईन् । त्यसकारण पनि गठबन्धनलाई इमान्दार भएर जिताउन उनको अनुरोध थियो । चुनाव आउन ३ दिनमात्र रहेकाले २ दिन खटिनका लागि आग्रह गरिन् ।
‘अबको ३ दिन तपाईँहरु खटिनुहोस हामी पाँच वर्ष खटिने छौ । अहिले महानगरको सबैभन्दा खतरा भनेको भ्रष्टचार हो । पोखरा महानगरपालिकालाई अब भ्रष्टचार मुक्त महानगर बनाउने छौँ’, उनले भनिन् । आफूहरुले जितेको खण्डमा पाँच वर्षसम्म महानगरको साझा जनप्रतिनिध भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...

